Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘कर्मयोद्धासँग शब्दसंवाद’ मा आध्यात्मिक प्रवचन

‘कर्मयोद्धासँग शब्दसंवाद’ मा आध्यात्मिक प्रवचन

शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय १३ औँ शृङ्खला यही २०७७ साल माघ २ गते शुक्रबार सम्पन्न भयो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र आध्यात्मिक प्रवाचक बाबा विश्वनाथको प्रमुख आतिथ्य तथा सहप्राध्यापक रूपनारायण श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बाबा विश्वनाथबाट आध्यात्मिक प्रवचन तथा भजन–कीर्तन गरिएको थियो । कार्यक्रमको सञ्चालन पण्डित रमेश अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन सङ्गीता केसीबाट भएको थियो ।
प्रवचन कार्यक्रममा शब्दयात्रा प्रकाशनका सदस्य र स्थानीय भक्तजन उपस्थित हुनुहुन्थ्यो भने पनौतीबाट एक दर्जन भक्तजनको आगमन भएको थियो ।