Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि ढुङ्गेल र अरुणबहादुर खत्री ‘नदी’ मा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेलमा ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०८३’ र साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ मा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८३’...
HomeActivitiesएकै व्यक्तिका पाँच महाकाव्य एकै दिन सार्वजनिक गरिने

एकै व्यक्तिका पाँच महाकाव्य एकै दिन सार्वजनिक गरिने

उमेर असी वर्ष । शिक्षा साधारण । बसाइ गाउँघरको, कहिलेकाहीँ सहरको पनि । काम खेती, गृहस्थी । घर काभ्रेपलान्चोक जिल्लाको कोसीदेखा । त्यस्ता व्यक्तिले महाकाव्य लेखेको । त्यो पनि सातवटा । लेखनकार्य अझै निरन्तर रहेको । तयार भएका सातवटा महाकाव्यमध्ये पाँचवटाचाहिँ शब्दयात्रा प्रकाशनबाट प्रकाशित । सबै महाकाव्य तीन सयभन्दा बढी पृष्ठका । दुईवटा महाकाव्य प्रकाशन गर्न बाँकी । शब्दयात्रा प्रकाशनको एउटा उद्देश्य प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने । त्यसैले ती महाकाव्य प्रकाशन गरिएको । महाकाव्यका विषयवस्तु गम्भीर । साधारण शिक्षा पाएर गाउँमा बसी खेती गर्ने असी वर्षको मान्छेले सातवटा महाकाव्य लेख्ने आँट गर्नु नै ठूलो कुरो । अरूका लागि प्रेरणाको विषय । त्यस्ता व्यक्तिको महाकाव्यमाथि के टिप्पणी गर्नु र ! त्यसैले महाकाव्यप्रति कुनै टिप्पणी नगरी प्रकाशन गरिएको । पुस महिनाभित्र पाँचैवटा महाकाव्य एकैपटक सार्वजनिक गर्ने योजना ।