उमेर असी वर्ष । शिक्षा साधारण । बसाइ गाउँघरको, कहिलेकाहीँ सहरको पनि । काम खेती, गृहस्थी । घर काभ्रेपलान्चोक जिल्लाको कोसीदेखा । त्यस्ता व्यक्तिले महाकाव्य लेखेको । त्यो पनि सातवटा । लेखनकार्य अझै निरन्तर रहेको । तयार भएका सातवटा महाकाव्यमध्ये पाँचवटाचाहिँ शब्दयात्रा प्रकाशनबाट प्रकाशित । सबै महाकाव्य तीन सयभन्दा बढी पृष्ठका । दुईवटा महाकाव्य प्रकाशन गर्न बाँकी । शब्दयात्रा प्रकाशनको एउटा उद्देश्य प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने । त्यसैले ती महाकाव्य प्रकाशन गरिएको । महाकाव्यका विषयवस्तु गम्भीर । साधारण शिक्षा पाएर गाउँमा बसी खेती गर्ने असी वर्षको मान्छेले सातवटा महाकाव्य लेख्ने आँट गर्नु नै ठूलो कुरो । अरूका लागि प्रेरणाको विषय । त्यस्ता व्यक्तिको महाकाव्यमाथि के टिप्पणी गर्नु र ! त्यसैले महाकाव्यप्रति कुनै टिप्पणी नगरी प्रकाशन गरिएको । पुस महिनाभित्र पाँचैवटा महाकाव्य एकैपटक सार्वजनिक गर्ने योजना ।