शब्दयात्रा प्रकाशनबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये फागुन महिनामा समर्पण गरिने सम्मानहरू २०७४ साल फागुनका लागि आज समर्पण गरिँदैछन् । तिनमा सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा — देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान अग्रज सञ्चारकर्मी होमनाथ दाहाललाई, रमेश पौड्यालद्वारा आफ्ना हजुरबुबा–हजुरआमाको स्मृतिमा व्यवस्थापित शब्दयात्रा — होम–तोत्र शिक्षा सम्मान नेपालको प्रथम विद्यालय दिङ्ला भोजपुरको षडानन्द माध्यमिक विद्यालयलाई, निर्मला श्रेष्ठको सक्रियतामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा — रामकृष्ण विज्ञान–प्रविधि सम्मान प्रसिद्ध कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई र आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा — हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान काभ्रे जिल्लामा सक्रिय समाजसेवी संस्था लभग्रीन नेपाललाई समर्पण गरिँदैछ । यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा होमनाथ दाहाल, षडानन्द माध्यमिक विद्यालय, मुनिबहादुर शाक्य र लभग्रीन नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सम्मानित प्रतिभाहरूको चयन मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहनुभएको चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा काव्यकार श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘भर्तृहरि शतक’, समाजसेवी बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाद्वारा सङ्कलित ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ नामक पुस्तक–पुस्तिकालाई पनि सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराइदिनुभएकोमा कृतिकारहरूप्रति पनि यो संस्था आभारी छ ।
‘मी एन्ड माई धुलिखेल’ पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिदिनुभएकोमा डा. भास्कर हुमागाईंप्रति तथा ‘पुनर्जन्म’ पुस्तकका लागि आर्थिक भार बहन गरिदिएकोमा शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिप्रति र शब्दयात्रा प्रकाशनलाई अघि बढ्न हरेक प्रकारको सहयोग गरेकोमा नीलकण्ठेश्वर धाम संरक्षण समितिप्रति यो संस्था धन्यवाद ज्ञापन गर्दछ ।
पदमनाथ ढुङ्गाना, मोहनविनोद बजगाईं, अमृत अधिकारी जस्ता धेरै सहयोगी मित्रहरूको सहयोगबाट आजको कार्यक्रम आयोजना गर्न सकिएको हो । उहाँहरूलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।
यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।