जीवनका उद्देश्यहरू पूरा गरी जीवनलाई सफल बनाउनका लागि सानो सहयोग हुन्छ कि भनी विभिन्न शास्त्र, गुरु तथा अग्रजहरूले दिनुभएको योगको ज्ञान, प्रेरणा, दर्शन तथा सूत्रहरूलाई समावेश गरी दिवाकर जङ्गमद्वारा लिखित तथा सम्पादित ‘सफल जीवनका लागि योग’ पुस्तकको प्रथम संस्करण २०७६ सालमा प्रकाशन गरिएको थियो । त्यसपछि प्राप्त सुझाव बमोजिम योगमा आफ्ना अनुभव, गुरुका सन्देश, प्रेरणा तथा योगदर्शन र शास्त्रले मानव कल्याण र उन्नति–प्रगतिका लागि दिएको ज्ञान र मार्गदर्शनलाई आत्मसात गरी सर्वसाधारण मानिसले योगलाई कसरी लिने, कसरी योगको अभ्यास गर्ने, योग र ध्यानलाई कसरी प्रयोग गर्ने भनेर बुझ्न सजिलो होस् भनी यो दोस्रो संस्करण प्रकाशन गरिएको हो ।