प्रमुख अतिथि कान्ता भट्टराई
नाम ः कान्ता भट्टराई
स्थायी ठेगाना ः लामिडाँडा – ८, खोटाङ
बसोवास ः काठमाडौं महानगरपालिका – ३२, अनामनगर, काठमाडौं
पद ः पूर्वराज्यमन्त्री महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
योग्यता ः साहित्याचार्य (२०४८ महेन्द्र संस्कृत विश्वविद्यालय), एमए (२०४७ त्रिभुवन विश्वविद्यालय), एमएड (२०६२ त्रिभुवन विश्वविद्यालय), विद्यावारिधि कार्यमा संलग्न
अनुभव ः २०४८ देखि २०७० सालसम्म माध्यमिक शिक्षक, २०४८ देखि २०७० सालसम्म पद्मकन्या क्याम्पस बागबजार तथा आदर्श बहुमुखी क्याम्पस सानोठिमीमा प्राध्यापन
पदक–पुरस्कार ः ऐश्वर्य विद्यापदक (प्रमाणपत्र तहमा), ऐश्वर्य विद्यापदक (स्नातक तहमा), वीरेन्द्र ऐश्वर्य छात्रवृत्ति (स्नातकोत्तर तहमा)
लेख–रचना ः कक्षा ६ को अनिवार्य संस्कृत पाठ्यपुस्तक लेखेको, पाठ्यपुस्तकसम्बन्धी तथा धर्म, संस्कृति, साहित्यसम्बन्धी अनुसन्धानात्मक विविध लेखरचनाहरू प्रकाशित

विशेष अतिथि भरत जङ्गम
भरत जङ्गम भ्रष्टाचारविरोधी आन्दोलनका अभियन्ता हुन्छ । उहाँ भ्रष्टविरोधी शास्त्रका प्रणेता हुनुहुन्छ । उहाँले प्रतिपादन गर्नुभएको भ्रष्टविरोधी शास्त्रलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरिसकेको छ भने स्वदेश तथा विदेशका अन्य विश्वविद्यालयहरूले पनि पाठ्यक्रममा समावेश गर्नेतर्फ गृहकार्य सुरु गरिसकेका छन् । उहाँले भ्रष्टाचारविरोधी अभियानअन्तर्गत ‘कालो सूर्य’ लगायतका विभिन्न पुस्तकहरू लेख्नुभएको छ भने ‘नेपाली आवाज’ नामक साप्ताहिक पत्रिकाको प्रकाशन गर्नुभएको छ ।

कार्यक्रममा सार्वजनिक हुने कृतिका कृतिकारहरू

‘कर्मयोद्धासँग शब्दसंवाद’ का कृतिकार पदमनाथ ढुङ्गाना
जन्म ः २२ चैत २०२४, मादी नगरपालिका, सङ्खुवासभा
मातापिता ः चन्द्रकुमारी र चन्द्रप्रसाद ढुङ्गाना
शिक्षा ः स्नातक (कानुन)
बसोवास ः बनेपा — ६, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, नैमिषारण्य संस्कृत गुरुकुलम्, गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति
प्रकाशन ः शब्दयात्रा प्रकाशनको छ वर्ष (सहसम्पादन) र फुटकर रचनाहरू
सम्मान ः केही संस्थाहरूबाट
सम्पर्कसूत्र ः ९८४११०७३१० (घुम्ती)

‘कर्मयोद्धासँग शब्दसंवाद’ का सम्पादक गीता मञ्जुश्री
जन्म ः १ पुस २०२४, पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
मातापिता ः पोषकुमारी र हरिप्रसाद तिवारी
शिक्षा ः प्रमाणपत्र (वाणिज्य)
बसोवास ः बनेपा — ७, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, रानीपानी ग्रामसेवा केन्द्र
प्रकाशन ः एक पुस्तकको लेखन, एक पुस्तकको अनुवाद, एक पुस्तकको सम्पादन र एक पुस्तकको सङ्कलन
सम्मान ः केही संस्थाहरूबाट
सम्पर्कसूत्र ः ०११६६२९६२ (निवास)

‘कर्मयोद्धासँग शब्दसंवाद’ का सम्पादक दामोदर घिमिरे
जन्म ः १७ वैशाख २०२९, जलेश्वरी, खोटाङ
मातापिता ः दुर्गादेवी र मेदिनीप्रसाद घिमिरे
शिक्षा ः स्नातकोत्तर (समाजशास्त्र)
बसोवास ः धुलिखेल — ४, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, काठमाडौँ विश्वविद्यालय
प्रकाशन ः फुटकर रचनाहरू प्रशस्त
पुरस्कार ः राष्ट्रिय शिक्षा पुरस्कार, २०६६
सम्पर्कसूत्र ः ९७५१००९२४२

‘परेली’ का कृतिकार सरस्वती शर्मा सुवेदी
जन्म ः सराङ्दी, शङ्करपोखरी — ९, पर्वत
मातापिता ः धर्मदेवी र तुलसीराम शर्मा भुषाल
शिक्षा ः स्नातक
बसोवास ः बनेपा, काभ्रे
आबद्धता ः विभिन्न संस्थाहरू
प्रकाशन ः पानी मनकी रानी, परेली, ‘नेपालभूमि’ लगायतका पत्रिकामा फुटकर रचना
पेसा ः शिक्षण
सम्पर्कसूत्र ः ९८४१६५२२५६

‘अक्षरहरूको बिस्कुन’ का कृतिकार डा. हेमराज काफ्ले
जन्म ः २०२९, मोरङ
मातापिता ः यशोदा र कालिदास काफ्ले
शिक्षा ः विद्यावारिधि (अङ्ग्रेजी)
बसोवास ः धुलिखेल — ४, काभ्रेपलाञ्चोक
आबद्धता ः काठमाडौँ विश्वविद्यालय
प्रकाशन ः तीनवटा पुस्तक र ‘नेपालभूमि’ लगायतका पत्रिकाहरूमा फुटकर रचना
पुरस्कार ः राष्ट्रिय शिक्षा पुरस्कार र नेपाल विद्याभूषण क
सम्पर्कसूत्र ः ९८५११५०९९९