Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसुभाष खड्का अनुसन्धान विद्वतवृत्ति पुण्यवती घलेलाई

सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति पुण्यवती घलेलाई

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ पुण्यवती घलेलाई प्रदान गर्ने भएको छ । उहाँले ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ शीर्षकमा शोधपत्र तयार पार्नुहुनेछ र त्यो शोधपत्र पुस्तकका रूपमा प्रकाशन गरिनेछ । काभ्रेपलान्चोक जिल्लाको सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठानले सुभाष खड्काको स्मृति र सम्मानमा शब्दयात्रा प्रकाशनमा खडा गरेको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा शब्दयात्रा प्रकाशन पुण्यवती घलेलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।