Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसहयोगका लागि आग्रह

सहयोगका लागि आग्रह

शब्दयात्रा प्रकाशनले भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सालिक काभ्रेको बनेपामा राख्ने प्रयोजनका लागि आर्थिक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

सबै सहयोगदाताहरूको नाउँ पत्रिकामा छापिने, रेडियोबाट प्रचार गरिने, शिलापत्रमा राखिने र विशेष सहयोगदातालाई विशेष सम्मान पनि गरिने भएकाले त्यसका लागि शब्दयात्रा प्रकाशन सिम्रा भवन निर्माण समितिको नाउँमा नेपाल इन्भेस्टमेन्ट बैङ्क लि. बनेपा शाखामा खोलिएको हि. नं. ००५०१०३०२५३७२७ रहेको खातामा रकम जम्मा गराई त्यसको जानकारी दिन पनि शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ ।