शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा समर्पण गर्ने गरी संस्थापन गरेका आमसञ्चार सम्मान, सामाजिक जागरण सम्मान, विज्ञान–प्रविधि सम्मान र शिक्षा सम्मान २०७४ सालका लागि आगामी फागुन महिनामा पनि समर्पण गरिनेछन् । नगद ५ हजार रुपियाँ, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिने उल्लिखित हरेक सम्मानका लागि उपयुक्त नाउँहरू आगामी माघ २० गतेभित्र उपलब्ध गराइदिन अनुरोध छ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६२, ०११–६६३१६१, ९७४१०६२१९०
इमेल : [email protected]