Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसम्मानमा पाएको एक लाख रुपियाँ संस्थालाई समर्पण

सम्मानमा पाएको एक लाख रुपियाँ संस्थालाई समर्पण

बनेपा । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा भाषासेवी हरि मञ्जुश्रीले आफूले सम्मानमा पाएको एक लाख चौरासी रुपियाँ सरकारी निकायबाट आर्थिक सहयोग नलिई सञ्चालन गरिएको वाङ्मयिक संस्था शब्दयात्रा प्रकाशनलाई समर्पण गर्नुभएको छ । समाजसेवी चेतनाथ चौलागाईंले एक लाख चौरासी रुपियाँ सहित उहाँलाई सम्मान गर्नुभएको थियो । हरि मञ्जुश्रीले अनवरत रूपमा गर्नुभएको असल कामको कदर गर्ने क्रममा बनेपास्थित मञ्जुश्री निवास अक्षरधाममा सपरिवार पुगेर उहाँले सम्मान गर्नुभएको हो ।

त्यस बखत सम्मानित व्यक्तित्व हरि मञ्जुश्रीले उक्त रकम शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषमा राखिदिने बताउनुभयो । उहाँले भन्नुभयो — “यो एक लाख चौरासी रुपियाँ मलाई भन्दा दैवी वा प्राकृतिक विपत्तिमा परेका र पर्ने लेखक, पत्रकार र कलाकारहरूलाई बढी आवश्यक पर्छ । त्यसैले लेखक, पत्रकार र कलाकारहरूलाई कुनै पनि प्रकारको विपत्ति परेर आर्थिक सङ्कट आइलागेको थाहा पाएपछि त्यस्ता व्यक्तिलाई आर्थिक सहयोग गर्ने कार्यमा म यस रकमको उपयोग गर्ने व्यवस्था मिलाउनेछु । यसबाट वास्तविक पीडितले सहायता पाउनेछन् ।”

सम्मान गर्ने व्यक्तित्व चेतनाथ चौलागाईं सिन्धुपाल्चोक जिल्लाका प्रतिभा हुनुहुन्छ । सेवानिवृत्त जीवन बिताइरहनुभएका उहाँ हाल ललितपुरको धोबीघाटमा बस्नुहुन्छ ।