Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivities‘समयगाथा’ सार्वजनिक

‘समयगाथा’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेख्नुभएको बहुप्रतीक्षित पुस्तक ‘समयगाथा’ को पहिलो भाग आज भदौ ३० गते शनिबार सार्वजनिक गरियो । प्रमुख अतिथि शिक्षासेवी हरिविनोद अधिकारी, विशिष्ट अतिथि समालोचक डा. षडानन्द पौड्याल, समाजसेवी चन्द्रबहादुर खड्का र कृतिकार हरि मञ्जुश्रीले उक्त पुस्तक संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । चार सय छयान्नब्बेवटा विषय समेटिएको उक्त पुस्तकको मूल्य तीन सय रुपियाँ राखिएको छ । सार्वजनिक गरिएको अवसरमा ५० प्रतिशत छुटमा पुस्तक बिक्री गरिएको थियो । कार्यक्रममा समुन्नति मिच्युयल फन्डका तर्फबाट समूहका सबै सदस्यका लागि भनेर समाजसेवी सकुल थापाले एकैपटक बीस प्रति र सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट कार्यसमितिका सदस्यहरूका लागि भनेर चन्द्रबहादुर खड्काले १२ प्रति पुस्तक किन्नुभएको थियो । उपस्थित अन्य महानुभावहरूले पनि छुट मूल्यमा पुस्तक किन्नुभएको थियो । पुस्तकका बारेमा प्रकाशकका तर्फबाट रश्मि हुमागाईंले जानकारी दिनुभएको उक्त कार्यक्रमको सञ्चालन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो ।