रौतहट जिल्लाका साहित्यकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ शब्दयात्रा प्रकाशनबाट छापिने भएको छ । यस कथासङ्ग्रहमा उहाँका १४ वटा कथा सङ्कलित छन् । अहिले यस सङ्ग्रहका लागि धमाधम काम भइरहेको छ । उहाँको पहिलो कथासङ्ग्रह ‘पागल’ २०४५ सालमा छापिएको थियो ।