Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दसाधक तीर्थको अवलोकन

शब्दसाधक तीर्थको अवलोकन

गत २०७६ साल भदौ २३ गते मङ्गलबार कवि सच्युतराज उप्रेती भुम्लुलेले शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । उहाँलाई रुद्राक्षको माला र पुष्पगुच्छासहित शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सदस्य शिव बन्जाराले शब्दयात्रा प्रकाशनमा स्वागत गर्नुभएको थियो । कवि उप्रेतीलाई सदस्य रमेश अधिकारी र व्यवस्थापक सङ्गीता केसीले विभिन्न स्थानको अवलोकन गराउनुभएको थियो ।
कवि उप्रेतीले शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र सभाकक्षको विशेष अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । यी संरचनाहरू कसरी तयार भए भन्ने विषयमा उहाँले विशेष चासो राख्नुभएको थियो । ती संरचनाहरूको निर्माणका विषयमा उहाँलाई जानकारी गराइएको थियो ।
त्यस बखत उहाँले हनुमान, नीलकण्ठेश्वर महादेव, पोखरी, शेषशायी विष्णु र नागस्थानको समेत दर्शन तथा अवलोकन गर्नुभएको थियो ।