Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivities‘शब्दसंवाद’ मा डा. गोपाल पौड्याल

‘शब्दसंवाद’ मा डा. गोपाल पौड्याल

शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५३ औँ शृङ्खला गत २०७५ साल साउन ४ गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वरधाम बनेपामा सम्पन्न उक्त कार्यक्रममा काभ्रेली प्रतिभा कवि डा. गोपाल पौड्याल ‘मन्डने’ ले प्रमुख वक्ताका रूपमा आफ्ना कविताहरू वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रारम्भ ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सञ्चालक सदस्यद्वय कृष्णमणि कुइँकेल र श्यामकृष्ण लम्साल, संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्मा, चलचित्र नायक रवीन्द्र खड्का, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, आध्यात्मिक लेखक ओतबहादुर खड्का, इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, महाकाव्यकार कविप्रसाद प्याकु¥याल, कविहरू डा. श्याम भट्टराई, सोमकाजी शाक्य र केदारनाथ तिमल्सिना, कवयित्री तारा केसी, मञ्जुश्री प्रधान र द्वारिका कुइँकेल, पत्रकारहरू रामचन्द्र हुमागाई र केशवराज पौडेल, काभ्रेली सेवा समाजका अध्यक्ष प्रह्लाद केसी, मन्डन देउपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष झलक पौडेल, मानव सेवा संस्थाका अध्यक्ष शान्ता थापा क्षत्री, शङ्कर खड्का तथा पूर्णबहादुर कार्की, पुण्यवती घले, खाइबा लामा, दुर्गा तिवारी, यादवप्रसाद ढुङ्गाना, जगन्नाथ गिरी, विजयकुमार लामिछाने, कपिलमणि नेपाल, छविलाल कुइँकेल, हर्क विष्ट, प्रभुनाथ कोइराला, अशोक बडाल, देवीप्रसाद ढुङ्गाना, हरिप्रसाद नेपाल, नारायणप्रसाद नेपाल, निर्मला नेपाल, सौरभ लम्साल, सहदीप पलान्चोके, सिद्धिबहादुर कर्माचार्य, रामचन्द्र हुमागाईं, तेजबहादुर क्षत्री, राजन केसी, देवहरि तिवारी, पुरुषोत्तम हुमागाईं, अनु थापा, राजु लामा आदिको उपस्थिति रहेको थियो ।