Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivities‘शब्दसंवाद’ मा इन्द्रप्रसाद घिमिरे

‘शब्दसंवाद’ मा इन्द्रप्रसाद घिमिरे

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८१ औँ शृङ्खला गत २०७५ साल चैत १५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपबाट शिक्षासेवी इन्द्रप्रसाद घिमिरेले सङ्क्षिप्त रूपमा आफ्नो जीवनवृत्त र विस्तृत रूपमा वर्तमान शिक्षाप्रणालीप्रतिको आफ्नो धारणा राख्नुभएको थियो । ज्यो. पं. रमेश अधिकारीको सभापतित्व र समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व परशुराम ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दामोदर घिमिरेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, लेखकहरू केदारनाथ तिमल्सिना, पुण्यवती घले, पूर्णबहादुर कार्की, सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा नवराज पराजुली, नानुदेवी कुइँकेल, चन्द्रमान सुवाल, लालप्रसाद पौडेल, शम्भुप्रसाद कुइँकेल, पुरुषोत्तम हुमागाईं र रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।