शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै ‘शब्दसौगात’ नामको वृत्तचित्र सार्वजनिक रूपमा प्रदर्शन गर्ने भएको छ । त्यसका लागि निर्माणकार्य धमाधम भइरहेको छ । यसको निर्देशन, लेखन तथा स्वराङ्कन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराबाट भएको हो भने छायाङ्कन निरञ्जुल कायस्थले गर्नुभएको हो ।
निर्देशक शिव बन्जाराका अनुसार वृत्तचित्र करिब १ घन्टाको हुनेछ र यसको सम्पूर्ण छायाङ्कन कार्य समाप्त भइसकेको छ भने अहिले यसको सम्पादनकार्य इ. रोशन मञ्जुश्री अधिकारीबाट भइरहेको छ ।