Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्रा प्रकाशनको गन्तव्य

शब्दयात्रा प्रकाशनको गन्तव्य

नेपालमा हालसम्म वाङ्मयिक क्षेत्रको स्तरीय अनुसन्धान केन्द्र नभएको हुनाले नेपालकै उच्चस्तरको अनुसन्धान केन्द्रका रूपमा ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ काभ्रे जिल्लाको बनेपामा स्थापना गर्ने लक्ष्य शब्दयात्रा प्रकाशनले राखेको छ । यस प्रतिष्ठानमा धर्म–संस्कृति, शिक्षा–शिक्षण, भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, गीत–सङ्गीत, इतिहास, सामाजिकता, लोकजीवन आदि वाङ्मयिक विधा र विषयमा अनुसन्धान गर्नका लागि आवश्यक सामग्रीहरू राखिनेछन् र सम्बन्धित कार्यक्रमहरू पनि गरिनेछन् । साथसाथै विभिन्न क्षेत्रका शीर्ष एवं सर्वमान्य व्यक्तित्वका सालिकहरू पनि राखिनेछन् । यहाँ राष्ट्रिय स्तरका बौद्धिक कार्यक्रमहरू भइरहने भएकाले यसका लागि सभाकक्ष, पुस्तकालय, अभिलेखालय, अतिथिशाला आदिसहितको बहुउपयोगी भवनलगायतका भौतिक संरचनाको निर्माण गर्न यो संस्था सहयोग जुटाउन प्रयास गरिरहेको छ ।
यस्तो अनुसन्धान केन्द्रको निर्माण भएर हरेक प्रकारको अनुसन्धान गर्न अनुसन्धान केन्द्रमा पुग्नैपर्ने भएपछि बनेपा क्षेत्र नेपालभरिका बौद्धिक व्यक्तित्वका लागि आकर्षक गन्तव्य बन्नेछ । यहाँ अध्यात्म, शिक्षा, साहित्य, सङ्गीत, कला, अनुसन्धान र पत्रकारिता क्षेत्रका गतिविधिहरू बढ्नेछन् । शब्दयात्रा प्रकाशनका हरेक गतिविधि र कार्यक्रमको केन्द्र पनि यही ठाउँ हुनेछ । विभिन्न विधाका शीर्ष तथा सर्वमान्य व्यक्तित्वका सालिकहरूसहित अन्य वाङ्मयसेवीहरूको सालिक राखिएको र स्तरीय अनुसन्धान केन्द्र बनेको क्षेत्रका रूपमा यस क्षेत्रको ख्याति र गौरव बढ्नेछ तथा देश–विदेशका वाङ्मयसेवीहरू यहाँ आउनैपर्ने हुनाले आन्तरिक र बाह्य पर्यटकको वृद्धि पनि हुनेछ । यस क्षेत्रबाट हरेक विश्वविद्यालय, कलेज, स्कुल तथा सामाजिक, साङ्गीतिक, आध्यात्मिक आदि संस्थाहरूलाई सहयोग पुग्नेछ ।
यस अभियानलाई सहयोग गर्न शब्दयात्रा प्रकाशनको अनुरोध छ ।