Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग —

भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ...
HomeActivitiesशब्दयात्रा प्रकाशनका दाता पत्रकारलाई लीला–मध्यमार्ग सम्मान

शब्दयात्रा प्रकाशनका दाता पत्रकारलाई लीला–मध्यमार्ग सम्मान

शब्दयात्रा प्रकाशनलाई आफ्नो स्वामित्वको ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिका निःशुल्क हस्तान्तरण गर्नुभएका दाता पत्रकार रामचन्द्र हुमागाईंलाई ‘लीला–मध्यमार्ग अक्षयकोष’ ले २०७७ सालको ‘लीला–मध्यमार्ग सम्मान’ मरणोपरान्त समर्पण गरेको छ । उहाँलाई समर्पण गरिएको सम्मान उहाँका सुपुत्र राजु हुमागाईंले ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज राजनीतिकर्मी राजेन्द्र खरेललाई पनि सम्मान गरिएको थियो । उहाँको सम्मान उहाँका सुपुत्र पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले ग्रहण गर्नुभएको थियो ।
सम्मान गर्दा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्मानपत्र, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले दोसल्ला तथा लीला–मध्यमार्ग अक्षयकोषका संयोजक प्रदीप केसीले टीका, माला र उपहार समर्पण गर्नुभएको थियो ।
बनेपाको नीलकण्ठेश्वर धाममा आयोजित सम्मान कार्यक्रममा शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दसाधक तीर्थमा उपस्थित भई नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिकमा माल्यार्पण गरिएको थियो ।