Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesशब्दयात्राले सालिक स्थापना गर्ने

शब्दयात्राले सालिक स्थापना गर्ने

शब्दयात्रा प्रकाशनले वाङ्मयिक क्षेत्रका विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सालिक काभ्रे जिल्लामा स्थापना गर्ने भएको छ । त्यसअन्तर्गत प्रथम चरणमा शिक्षा÷शिक्षण, साहित्य÷लेखन, पत्रकारिता÷सञ्चार र सङ्गीत÷गायन क्षेत्रका चारजना विशिष्ट व्यक्तित्वको सालिक स्थापना गरिने भएको छ ।
सालिक स्थापना गर्न उपयुक्त जीवित वा दिवङ्गत व्यक्तिहरूको चयन गर्नका लागि शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले संस्थाका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको संयोजकत्वमा पूर्वसचिव तथा लेखिका उर्मिला श्रेष्ठ, गायक–सङ्गीतकार हिरण्य भोजपुरे, बालसाहित्यकार गोपाल पराजुली र अन्वेषक डा. विष्णु सापकोटा सदस्य रहेको पाँच सदस्यीय समिति बनाएको छ ।
यसअघि शब्दयात्रा प्रकाशनले अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा होटल हिमालयन होराइजनमा स्थापना गरी काभ्रेमा पहिलोपटक जीवित व्यक्तिको प्रतिमा स्थापना गराइसकेको छ ।