Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘मेरो दुःखी जीवन’

शब्दयात्राबाट ‘मेरो दुःखी जीवन’

शब्दयात्रा प्रकाशनले ७२ औँ प्रकाशनपुष्पका रूपमा ‘मेरो दुःखी जीवन’ नामक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तक २००३ सालमा काभ्रे जिल्लाको मङ्गलटारमा जन्मेका र शिक्षा हासिल गर्नबाट वञ्चित रहेका कुलबहादुर बन्जाराद्वारा लेखिएको हो ।
‘मेरो दुःखी जीवन’ साहित्यिक श्रीवृद्धिका लागि प्रकाशन गरिएको नभई विद्यालय नगएको र पढ्न नपाएको मान्छेले केही लेख्नु र छपाउन आँट गर्नु नै पढेलेखेका मान्छेका लागि ठूलो हाँक हो भन्ने सम्झेर अनि त्यस्ता व्यक्तिको अक्षर र शब्दप्रतिको प्रेम देखेर शब्दयात्रा प्रकाशनले यस पुस्तकको प्रकाशन गरिदिएको हो ।