Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर कर्माचार्य र जयराम श्रेष्ठले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमाथि पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले टिप्पणी गर्नुभएको थियो । पुस्तकका विषयमा कृतिकारले पनि मन्तव्य राख्नुभएको थियो ।

यस पुस्तकमा सनातन वैदिक धर्मसँग सम्बन्धित पुरातात्त्विक तथा ऐतिहासिक वस्तुहरू विश्वका कुन–कुन देशका कुन–कुन ठाउँमा भेटिए भन्ने कुराको जानकारी त्यस वस्तुको तस्बिरसहित दिइएको छ । यो विषय यसले पत्ता लगाएको भनेर हालसम्म लेखिँदै र पढाइँदै आएका कतिपय विषयहरू तिनको सट्टा अर्कैले पत्ता लगाएको रहेछ भन्ने कुराको तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ । अचेल अन्य धर्मावलम्बी बनेका कतिपय देशहरू पहिले सनातन वैदिक धर्मावलम्बी थिए भन्ने कुराको प्रमाण पनि प्रस्तुत गरिएको छ ।