Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesविपन्न महिलालाई शब्दयात्राको सहयोग

विपन्न महिलालाई शब्दयात्राको सहयोग

शब्दयात्रा प्रकाशनको सौजन्यमा विपन्न महिला इन्दिरा भुर्तेल नेपाललाई आर्थिक सहयोग जुटाइएको छ । उहाँलाई शब्दयात्रा प्रकाशनको कार्यक्रमको अवसरमा आर्थिक सहयोग जुटाई १७ हजार २ सय रुपियाँ हस्तान्तरण गरिएको छ । द्रोणप्रसाद श्रेष्ठ, चन्द्रबहादुर खड्का र नरेन्द्रकुमार अधिकारीबाट उक्त रकम सङ्कलन गरिएको हो ।
काभ्रेको मन्डन घर भएकी इन्दिरा भुर्तेल नेपाल भूकम्पले घर ढलेपछि बेघर भई डेरामा बस्नुभएको, उहाँका श्रीमान् मानसिक रोगी र छोरा सुस्त मनस्थितिको भएका कारणले उहाँहरूको जीवन धान्न नै कठिनाइपूर्ण अवस्था भएको जानकारी प्राप्त भएपछि मानवीय सहयोगस्वरूप शब्दयात्रा प्रकाशनले त्यसरी आर्थिक सहयोग गर्ने चाँजोपाँजो मिलाएको हो ।