Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesलोकेन्द्र ढकाललाई शिक्षक सम्मान समर्पण गरिने

लोकेन्द्र ढकाललाई शिक्षक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ शिक्षासेवी लोकेन्द्र ढकाल (तेह्रथुम) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । आफूले अध्यापन गरेका र प्राचार्य भई नेतृत्व गरेका शिक्षण संस्थाहरूको सुसञ्चालन, स्तरोन्नति, शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माण जस्ता विभिन्न कार्यहरूका लागि आफूलाई सक्रिय बनाएर उहाँले शिक्षालय र शिक्षार्थीहरूको सेवामा आफ्नो सम्पूर्ण क्षमता समर्पण गर्नुभएको छ । उहाँजस्ता शिक्षासेवीमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लोकेन्द्र ढकालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।