Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesलेखकहरूका लागि निर्मित अतिथिगृहको उद्घाटन

लेखकहरूका लागि निर्मित अतिथिगृहको उद्घाटन

बनेपामा लेखक, अनुसन्धाता, पत्रकार, कलाकार आदिका लागि अतिथिगृह सञ्चालन गर्न थालिएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको उपयोग गरी एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अनुवाद, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक–साहित्यकार, पत्रकार, अन्वेषक–अनुसन्धाता, कलाकार–सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउन अतिथिगृह सञ्चालन गर्न थालिएको हो । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा बनेपामा अवस्थित कृष्णगीता परिसर शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा सञ्चालित यस अतिथिगृहलाई ‘शब्दसाधक अतिथिगृह’ नाउँ दिइएको छ । अतिथिगृहको उद्घाटन शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज जेठ १५ गते शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठ र जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेलले संयुक्त रूपमा गर्नुभएको छ । अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित आजको कार्यक्रमका प्रमुख अतिथि डा. बद्री पोखरेल र सभापति धनकुमारी कुइकेल हुनुहुन्थ्यो । अतिथिगृहको पहिलो अतिथि लेखक डा. इन्दुल केसी बन्नुभएको छ । उहाँले शब्दसाधक अतिथिगृहको आफू पहिलो अतिथि बन्ने घोषणा कार्यक्रममै गर्नुभएको थियो ।