Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesयस्तो गर्दैछ शब्दयात्रा प्रकाशन

यस्तो गर्दैछ शब्दयात्रा प्रकाशन

— रामचन्द्र हुमागाईं

शब्दयात्रा प्रकाशन विगत पाँच वर्षअघिदेखि काभ्रे जिल्लालाई केन्द्रभूमि बनाएर विभिन्न राष्ट्रिय गतिविधिहरू गरिरहेको छ । यस संस्थाले (क) सुमन खड्काको सम्पादनमा ‘नेपालभूमि’ विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन र रश्मि मञ्जुश्री अधिकारीको सम्पादनमा प्रकाशित ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ । सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै ‘नेपालभूमि’ र ‘अक्षरधाम’ का हरेक अङ्क ५००÷५०० प्रति निःशुल्क वितरण गर्ने गरिएको छ । (ख) विभिन्न सहयोगीहरूको आर्थिक व्यवस्थापनमा १६ विधाका सम्मानहरूको स्थापना गरेर हरेक वर्ष ३–३ महिनाको फरकमा राष्ट्रिय व्यक्तित्वहरूमा समर्पण गरिरहेको छ । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, पुस्तक उपहार र अभिवन्दनापत्र समर्पण गरिन्छ । यसपटकदेखि ‘महिला प्रतिभा सम्मान’ थप गरिएको छ । (ग) साहित्यकार, पत्रकार र कलाकारहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको स्थापना गरेको छ । आवश्यकताका आधारमा सहयोग वितरण पनि गर्ने गरेको छ । (घ) विभिन्न साहित्यिक कार्यक्रम र शिविरहरूको आयोजना गरेको छ । (ङ) विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका ७५ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । (च) रेडियो एबीसी ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम हरेक बुधबार बेलुका ७ देखि ७ः३० बजेसम्म प्रसारण गर्ने गरेको छ । (छ) शब्दयात्रा घुम्ती पुस्तक पसलको सञ्चालन गरेको छ । (ज) विभिन्न पुस्तकालयलाई पुस्तकहरू निःशुल्क उपलब्ध गराएको छ । कारागारका कैदी–बन्दीहरूमा नैतिक र आध्यात्मिक चेतनाको जागरण गराउन तिनीहरूमा आध्यात्मिक पुस्तकहरू वितरण गरेको छ । (झ) संस्थाका हरेक गतिविधिहरूका विषयमा र संस्थासँग सम्बन्धित लेखक–पत्रकारहरूका विषयमा जानकारी गराउन www.sypublication.com.np नामक वेभसाइट सञ्चालन गरिरहेको छ । त्यही वेभसाइटमा लेखकहरूको छुट्टाछुट्टै पनि राख्न थालिएको छ । यसले संसारभरि सूचना पु¥याउन सकिने भएको छ र लेखकको प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न थालिएको छ ।
अब यो संस्था यी सबै कार्यक्रमलाई निरन्तरता दिँदै यस्ता सबै कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न काभ्रे जिल्लामा पुस्तकालय, सङ्ग्रहालय, वाङ्मयसेवीहरूका लागि विशेष अतिथिशाला आदिसहितको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । त्यसका लागि समाजसेवी कृष्णमणि कुइँकेलले यस संस्थालाई बनेपा नगरपालिका वडा नं. ११ मा रहेको केही जग्गा दान दिनुभएको छ । कार्यालय सचालनका लागि काठमाडौँ विश्वविद्यालय, त्रिरत्न रन्जितकार, बुद्ध मानन्धर आदिबाट केही भौतिक सहयोग प्राप्त भएको छ ।
यस संस्थाबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । तिनमा सकुल थापाद्वारा आफ्नी आमा शारदा थापाको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता प्रा. डा. त्रिरत्न मानन्धरलाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान समालोचक प्रा. डा. गार्गी शर्मालाई, कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान काव्यकार रमेश खकुरेललाई र गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान देवीप्रसाद वनवासीलाई समर्पण गरिँदैछ । सम्मानित प्रतिभाहरूको चयन काठमाडौँ विश्वविद्यालयसँग आबद्ध डा. पुरुषोत्तम खरेल, डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली सम्मिलित समितिले गरेको हो ।
कवयित्री मीरा पौड्यालद्वारा लिखित ‘अग्निजल’ कवितासङ्ग्रह र द्रोणप्रसाद श्रेष्ठद्वारा सम्पादित ‘रचनापछिका विवेचना’ लाई पनि सार्वजनिक गरिँदैछ । यी दुवै पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएका हुन् । संस्था सञ्चालन गरिएको ६३ महिनाभित्र यस संस्थाले ७५ वटा पुस्तकको प्रकाशन गरेको छ भने त्यसबाहेक हरेक हप्ता नियमित रूपमा ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ३ वटा वार्षिक अङ्कको प्रकाशन र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ ।
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा सम्मान व्यवस्थापक समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा विश्वसम्पर्क समाज, शब्दयात्रा कलाकार समाज, शब्दयात्रा सहयोगी समाज र शब्दयात्रा पाठक समाज सक्रिय रहेका छन् । यी सबै समाजमा आबद्ध महानुभावहरू र उहाँहरूका सिर्जनाहरू विश्वभरि छरिन सकून् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले हरेक समाजका सदस्यहरू र तिनका सिर्जनाहरू रहने छुट्टाछुट्टै ब्लगको निर्माण गराइरहेको छ । यसबाट नेपाली प्रतिभाहरू विश्वका अन्य प्रतिभाहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् र नेपाली प्रतिभाको पनि विश्वव्यापी सन्जाल हुनेछ । नेपाली अक्षरसेवीहरूको हितका लागि आधुनिक प्रविधिको उपयोग गर्ने शब्दयात्रा प्रकाशनको यो अभियानमा यहाँहरूको साथ रहने कुरामा हामी विश्वस्त छौँ । (स्वागत मन्तव्यको सम्पादित अंश)