Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesमाच सार्वजनिक

माच सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखसङ्ग्रह ‘माच’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि गायत्रीकुमार तापागाईं र कृतिकार लोकेन्द्र ढकालले संयुक्त रूपमा ‘माच’ लाई सार्वजनिक गर्नुभएको हो । ‘माच’ का विषयमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बोल्नुभएको थियो । ‘माच’ मा पूर्वप्रकाशित १६ वटा लेख सङ्कलित छन् । शब्दयात्रा प्रकाशनबाट यसअघि लोकेन्द्र ढकालद्वारा लिखित ‘गोमाको फूलबारी’ नामक जीवनीपरक पुस्तक प्रकाशन गरिएको थियो । कार्यक्रम प्रह्लाद प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।