Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesबृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम नेपालले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका क्षेत्रमा विभिन्न मन्दिरहरूको निर्माण र अन्य कार्यक्रमहरूको सञ्चालन गरी धार्मिक पर्यटन र आध्यात्मिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन शब्दयात्रा प्रकाशन (काभ्रेपलाञ्चोक) ले गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर बृहत् शान्तिधाम नेपालले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिएको छ ।