Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesप्रा. डा. सुषमा आचार्यलाई समालोचना सम्मान समर्पण गरिने

प्रा. डा. सुषमा आचार्यलाई समालोचना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको समालोचना सम्मान काठमाडौँ जन्मस्थल भएकी राष्ट्रिय प्रतिभा समालोचक प्रा. डा. सुषमा आचार्यमा समर्पण गर्ने भएको छ । समालोचनासँग सम्बन्धित उहाँका ‘लैनसिंह बाङ्देलका औपन्यासिक कृतिको मूल्याङ्कन’, ‘नेपाली कविताको विकास वीरकालबाट भक्तिकालतिर’, ‘केही व्यक्ति र कृतिहरू’ जस्ता कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा समालोचक प्रा. डा. सुषमा आचार्यप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काठमाडौँका प्रतिभा विश्वरेकर्ड कायम गर्न सफल नेपाली गीतकार, छायाछविकार तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।