Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesप्रा. डा. मुकेशकुमार चालिसेलाई विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

प्रा. डा. मुकेशकुमार चालिसेलाई विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ प्रा. डा. मुकेशकुमार चालिसे (ललितपुर) मा समर्पण गर्ने भएको छ । नेपालका विभिन्न ठाउँमा भएका वन्यजन्तुहरूको बानीबेहोरा र विविध प्रणालीका बारेमा अध्ययन–अनुसन्धान गरी विशेषज्ञता हासिल गर्ने क्रममा उहाँले बाँदरका विषयमा विद्यावारिधि गरेर बाँदरका भाले र पोथीको खानाका विषयमा पहिलोपल्ट जानकारी दिई प्राणीहरूको वैज्ञानिक अध्ययन–अनुसन्धान गर्नमा नेपाल पनि सक्षम र सफल छ भन्ने सन्देश विश्वलाई दिनुभएको छ । नेपालका प्रसिद्ध प्राणीशास्त्री तथा वैज्ञानिकका रूपमा विश्वमा ख्याति आर्जन गर्नुभएका उहाँलाई यिनै योगदानका लागि सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि रामकृष्ण स्मृति प्रतिष्ठानले कोष व्यवस्थापन गरेको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. मुकेशकुमार चालिसेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।