Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा आज साउन ९ गते शनिबार चारवटा पुस्तकलाई सार्वजनिक गरियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न...
HomeActivitiesप्रस्ताव आह्वान —

प्रस्ताव आह्वान —

भोजपुर जिल्लाको शैक्षिक जागरणका विषयमा लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि शब्दयात्रा प्रकाशनबाट ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्न थालिएको छ । यस वर्ष २०७९ सालको विद्वतवृत्ति भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विषयमा गरिने अनुसन्धानलाई समर्पण गरिनेछ । त्यस विषयमा अनुसन्धान गर्न चाहने लेखकले यही असोज महिनाभित्र [email protected] मा व्यक्तिगत विवरण र प्रस्तावपत्र पठाउन अनुरोध छ । प्रस्तावपत्र स्वीकृत भएपछि प्रारम्भमा ५ हजार रुपियाँ उपलब्ध गराइनेछ । अनुसन्धान प्रतिवेदन यही वर्षको माघ महिनाभित्र इमेलमार्फत पठाउनुपर्नेछ । प्रतिवेदन प्रीति फन्टको १६ प्वाइन्टको अक्षरमा नेपाली भाषामा टाइप गरिएको र ए फोर साइजमा न्यूनतम २० पृष्ठको हुनुपर्नेछ । प्रतिवेदन प्राप्त भएपछि थप १० हजार रुपियाँ उपलब्ध गराइनेछ ।