Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesपूर्णबहादुर कर्माचार्यमा ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ समर्पण गरिने

पूर्णबहादुर कर्माचार्यमा ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले समाजसेवी तथा लेखक पूर्णबहादुर कर्माचार्य (काभ्रेपलाञ्चोक) लाई २०८३ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँको नेतृत्व र सक्रियतामा स्थानीय जनतालाई सहभागी बनाई काभ्रेपलाञ्चोक जिल्लाको श्रीखण्डपुरमा नेपालकै नमुना मानिएको ढल प्रशोधन केन्द्र स्थापना गरेर त्यसबाट बायोग्यास निकाली स्थानीय जनतामा वितरण गरिएको थियो । उहाँले श्रीखण्डपुरका विषयमा पुस्तकहरू लेखी प्रकाशन गराएर नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र परम्पराको जानकारी पनि दिनुभएको छ । उहाँका यिनै योगदानका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पनौतीका समाजसेवी लीलाबहादुर केसीको स्मृति र सम्मानमा उहाँका नाति निरोज थापाले पत्रकार प्रदीप केसीमार्फत गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन पूर्णबहादुर कर्माचार्यप्रति हार्दिक आभार प्रकट गर्दछ ।