शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिको बैठकले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आधुनिक ढङ्गको अनुसन्धानमूलक पुस्तकालय बनाउन आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाहरू मिलाउने निधो गरेको छ । त्यसैअनुसार बैठकले समितिका सदस्यहरूका बीचमा विभिन्न जिम्मेवारीहरू पनि तोकेको छ ।
पुस्तकालय व्यवस्थापन समितिका संयोजक शिव बन्जाराको अध्यक्षतामा बसेको उक्त बैठकमा सदस्यहरू डा. इन्दुल केसी, ज्यो. पं. रमेश अधिकारी, पुण्यवती घले र केदारनाथ तिमल्सिनाको उपस्थिति रहेको थियो ।