Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesपतिको प्रतीक्षामा बसेकी पत्नीको गीत सार्वजनिक

पतिको प्रतीक्षामा बसेकी पत्नीको गीत सार्वजनिक

घरमा पतिको प्रतीक्षामा बसेकी पत्नीको मनोव्यथा झल्किने ‘अझै आएनन् उनी’ बोलको गीत शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । हिजो जेठ २४ गते शनिबार सो गीतकी गायिका रश्मि हुमागाईंले गीतलाई सार्वजनिक गरेकी हुन् । त्यस बखत उनले आउँछु भनेको समयमा घर नआइपुग्दा पत्नीको मनमा कस्तो छटपटी हुन्छ, त्यो छटपटी गीतमा व्यक्त भएको कुरा व्यक्त गरिन् । गीतकार सुनील सापकोटाको रचना र सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा तयार भएको यो गीत अक्षरधाम यु–ट्युब च्यालनबाट सुन्न सकिन्छ ।
कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. उषा ठाकुर, डा. मधुसूदन लामिछाने, सङ्गीतकार हरि मञ्जुश्री लगायतका वक्ताहरूले ‘अझै आएनन् उनी’ गीतको मार्मिक पक्ष र गायकीमाथि आआफ्नो धारणा राख्नुभएको थियो । शास्त्रीय सङ्गीतमा आधारित सो गीत गृहिणी महिलाहरूले रुचाउने विश्वास गरिएको छ ।