Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesदम्पतीलाई शब्दयात्राको धन्यवाद

दम्पतीलाई शब्दयात्राको धन्यवाद

सञ्चार–माध्यमहरूले प्रायः राम्रो कामलाई प्रोत्साहन हुने गरी राम्रो कामको समाचार र जानकारी दिँदैनन् । नराम्रो खबर र टिप्पणी पढ्दापढ्दा पाठकको स्वभावमा नै नकारात्मकता उत्पन्न हुन थालिसकेको छ र समाजका सबै मान्छे खराबै पो छन् कि भन्ने भान हुन थालिसकेको छ । अधिकांश मान्छेहरू नराम्रा मान्छेको फेला परियो भन्न थालेका छन् । तर शब्दयात्रा सहयोगी समाजका सदस्य चन्द्रबहादुर खड्काचाहिँ हालसालै राम्रा मान्छेको फेला पर्नुभयो ।
चन्द्रबहादुर खड्काले हालसालै काठमाडौँ नयाँ बानेश्वरको बस्नेत कोल्डस्टोर एन्ड कफी हाउसमा पसेर कफी पिउनुभएछ । पैसा तिरेपछि निकै पैसा राखिएको पर्स त्यहीँ बिर्सेर हिँड्नुभएछ । दिनभरि धेरै ठाउँ घुमेर साँझ घर पुगेपछि पो पर्स हराएको थाहा पाउनुभएछ । भोलिपल्ट बिहान अघिल्लो दिन गएका ठाउँहरू सम्झिई ती ठाउँहरूमध्ये कहाँ पर्स बिर्सिएँ हुँला भनेर खोज्न हिँड्नुभएछ । कफी हाउसमा पुगेर सोद्धा काउन्टरमा बसेका पसल–मालिकले पर्स झिकेर दिएछन् । उनले भनेछन् — “पर्समा भिजिटिङ कार्ड रहेनछ, नत्र फोन गरेर बोलाउँथेँ ।”
अनि उनीसँग परिचय भएछ । उनी रहेछन् काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ३ का कृष्ण बस्नेत । उनी र उनकी श्रीमती रुकु बस्नेतले सञ्चालन गरेका रहेछन् त्यो कफी हाउस ।
घटना सानो हो, तर समाजमा बढ्दै गएको पैसामुखी चिन्तनका आधारमा हेर्दा यो ठूलो घटना हो । यो घटना प्रफुल्ल बनेर सुनाउँदा चन्द्रबहादुर खड्काले भन्नुभयो — “समाजमा यस्ता असल मान्छेहरू पनि छन्, त्यसैले समाज अहिलेसम्म बस्नलायक नै छ । समाज खराबै भइसक्यो भनेर हार खाने बेला भइसकेको रहेनछ ।”
त्यस्ता असल दम्पतीलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक धन्यवाद !