शब्दयात्रा प्रकाशनका आजीवन सदस्य आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलका दुईवटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेका छन् । एउटा पुस्तक ‘आत्मबोध’ नामक कथासङ्ग्रह हो भने अर्को पुस्तक ‘आत्मानुभूति’ नामक कवितासङ्ग्रह हो । यी दुवै पुस्तक असोज महिनामा सार्वजनिक गरिनेछन् ।