Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesडा. दुर्गाबहादुर घर्तीलाई अनुसन्धान सम्मान समर्पण गरिने

डा. दुर्गाबहादुर घर्तीलाई अनुसन्धान सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ अनुसन्धाता डा. दुर्गाबहादुर घर्ती (सुर्खेत) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका उहाँका अनुसन्धानात्मक कृतिहरू पौने दर्जन सङ्ख्यामा प्रकाशित छन् । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी राजेन्द्र विरही (मोरङ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. दुर्गाबहादुर घर्तीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।