Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचार सम्मान समर्पण

चार सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले २०७४ वर्षको आमसञ्चार सम्मान अग्रज आमसञ्चारकर्मी होमनाथ दाहाल र शिक्षा सम्मान नेपालकै सबैभन्दा जेठो शिक्षालय षडानन्द माध्यमिक विद्यालयलाई समर्पण गरेको छ । यसै गरी विज्ञान–प्रविधि सम्मानबाट प्रथम कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र सामाजिक जागरण सम्मान काभ्रे जिल्लामा सक्रिय लभग्रीन नेपाल नामक संस्थालाई समर्पण गरिएको छ ।
प्रमुख अतिथि वरिष्ठ कवि तथा अग्रज संस्कृतिविद् तुलसी दिवसले उहाँहरूलाई अभिवन्दनापत्रबाट सम्मानित गर्नुभयो । उहाँहरूलाई मुकुन्दप्रसाद दाहालले उपहार, गीता अधिकारी, पदमनाथ ढुङ्गाना, रमेश पौड्याल र सहदेव श्रेष्ठले नगद पाँच–पाँच हजार रुपियाँ, हरि मञ्जुश्रीले रुद्राक्षको माला समर्पण गर्नुभएको थियो भने पोष चापागाईंले किरीट लगाइदिनुभएको थियो । यी सम्मानहरूसहित शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्ति तथा संस्थाहरूको सङ्ख्या एक सय पुगेको छ ।
सम्मानित व्यक्ति तथा संस्थाहरूबाट आशीर्वचन लिने क्रममा लभग्रीन नेपालका अध्यक्ष केशव अर्यालबाट कृष्णमणि कुइँकेलले, मुनिबहादुर शाक्यबाट इ. रोशन मञ्जुश्री अधिकारीले, होमनाथ दाहालबाट शिव बन्जाराले र षडानन्द माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तीर्थ न्यौपानेबाट पूर्णबहादुर कार्कीले आशीर्वचन ग्रहण गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मुकुन्दप्रसाद दाहालले जानकारी गराउनुभएको थियो ।