Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘गोलसिमल’ लाई साहित्यिक पत्रिका सम्मान समर्पण गरिने

‘गोलसिमल’ लाई साहित्यिक पत्रिका सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’ ‘गोलसिमल’ नामक साहित्यिक मासिक पत्रिका (सर्लाही) लाई समर्पण गर्ने भएको छ । विगत एक्काइस वर्षदेखि लालबन्दीबाट प्रकाशन भइरहेको यस पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक हाल अच्युतप्रसाद अधिकारी हुनुहुन्छ । ‘गोलसिमल’ लाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी आमाको स्मृति र सम्मानमा कवि तथा समाजसेवी योगेन्द्र खत्रीले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा ‘गोलसिमल’ का सम्पादक–प्रकाशक अच्युतप्रसाद अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।