Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

रश्मि हुमागाईंको नयाँ गान सार्वजनिक

रश्मि हुमागाईंले गाउनुभएको नयाँ गान अक्षरधाम यु–ट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । गानको बोल ‘सुन्दरताको बीज छर’ रहेको छ । यो गान पुरुषको...
HomeActivitiesगोत्र विवाद निरूपण समिति गठन

गोत्र विवाद निरूपण समिति गठन

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीसहित केही अधिकारीहरूलाई कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिले ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ मा मनोनयन गरी कश्यप गोत्र र काश्यप गोत्रका बीचमा रहेको भेद निरूपण गर्ने जिम्मेवारी दिएको छ ।
अधिकारीहरूमध्ये कसैले कश्यप गोत्र हो भन्ने गरेको, कसैले काश्यप गोत्र हो भन्ने गरेको, कसैले कश्यप र काश्यप फरक गोत्र हुन् भनी वैवाहिक सम्बन्ध चलाएको र कसैले दुवै एकै हो भन्ने गरेको हुनाले अधिकारीहरूले भन्नुपर्ने र लेख्नुपर्ने गोत्र कश्यप वा काश्यप के हो, त्यसको निक्र्योल गरी प्रतिवेदन प्रस्तुत गर्न ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ को गठन गरिएको जानकारी प्रतिष्ठानले गराएको छ ।
समितिमा नरेन्द्रकुमार अधिकारी, डा. बलदेव अधिकारी, प्रा. सीताराम अधिकारी र राजेन्द्र विरही पनि रहनुभएको छ ।