Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesआदित्यमान श्रेष्ठलाई आमसञ्चार सम्मान समर्पण गरिने —

आदित्यमान श्रेष्ठलाई आमसञ्चार सम्मान समर्पण गरिने —

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ अग्रज पत्रकार आदित्यमान श्रेष्ठ (गुल्मी) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । नेपाली र अङ्ग्रेजी भाषामा कलम चलाउने खरो राजनीतिक विश्लेषकका रूपमा सुपरिचित उहाँले नेपाली पत्रकारिताको क्षेत्रमा लामो समयसम्म आबद्ध रहेर विशिष्ट योगदान दिनुभएको छ । उहाँले नेपालको वस्तुस्थितिलाई अन्तर्राष्ट्रिय जगतसम्म लैजान विदेशी सञ्चार माध्यमको समेत उपयोग गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन लेखक सुनील सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा आदित्यमान श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।