Home Blog Page 2

संस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत

0
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई वासु शशी स्मृति परिषद्ले हिजो पुरस्कृत गरेको छ । उहाँलाई २५ हजार रुपियाँसहित कृष्ण–सरस्वती साहित्य पुरस्कार, २०८२ द्वारा पुरस्कृत गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्ष कमलादी काठमाडौँमा आयोजित समारोहमा उहाँलाई विशेष अतिथि यादव खरेलले रकम, माला र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत भएपछि मन्तव्य व्यक्त गर्ने क्रममा हरि मञ्जुश्रीले आफू कृष्ण जोशीको जिल्लामा जन्मेको, वासु शशीको जिल्लामा आएर शिक्षा र क्षमता प्राप्त गरेको र यादव खरेलको जिल्लामा पु्गेर त्यसको उपयोग गरेको हुनाले यो पुरस्कार आफ्ना लागि विशेष रहेको बताउनुभएको थियो ।

सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

0

हरि मञ्जुश्रीका जागरण गान सार्वजनिक

0

नयाँ प्रकारको गान ‘ए रुद्र ओ रुद्र’ सार्वजनिक

0

नयाँ प्रकारको गान ‘ए रुद्र ओ रुद्र’ आज चैत १४ गते शनिबार सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज आयोजित कार्यक्रममा गानका सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटाको उपस्थिचिमा यस गानका गायक वसन्त कुइकेलले गानलाई सार्वजनिक गर्नुभएको हो । यस गानमा राष्ट्रभरि व्याप्त विकृति, विसङ्गति र भ्रष्टतालाई निर्मूल पार्नका लागि जाग्रत हुन आह्वान गरिएको छ । हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध यो गान शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल अक्षरधामबाट सुन्न पाइन्छ ।

प्रोजेक्टर र पाठ्यसामग्रीहरू प्राप्त

0
शब्दयात्रा प्रकाशनमा अग्रज समाजसेवी तथा साहित्यसेवी सावित्री जङ्गम थापाद्वारा संस्थापित योगदानी महिला अनुसन्धान केन्द्रका लागि प्रोजेक्टर र पाठ्यसामग्रीहरू उपहारस्वरूप प्राप्त भएका छन् । ती सामग्रीहरू दिदीबहिनी संस्थाका तर्फबाट अध्यक्ष सलोनी प्रधान सिंहले प्रदान गर्नुभएको हो । पाठ्यसामग्रीहरूमा योगदानी महिलाका विषयमा अनुसन्धान गर्दा आवश्यक पर्ने पुस्तक, पत्रिका, स्मारिका र प्रतिवेदनहरू छन् । प्रोजेक्टर र पाठ्यसामग्रीहरू प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार समाजसेवी तथा महिला अधिकारकर्मी सलोनी प्रधान सिंहप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

चैत १४ गते सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिक गरिने

0

डा. नारायणप्रसाद खनाललाई समालोचना सम्मान समर्पण गरिने

0

डा. हेमाङ्गराज अधिकारीलाई भाषासेवा सम्मान समर्पण गरिने

0

वनितालाई साहित्यिक पत्रिका सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले साहित्यिक पत्रकारिताका क्षेत्रमा गरेको विशिष्ट योगदानका लागि साहित्यिक पत्रिका ‘वनिता’ (मोरङ) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८२’ समर्पण गर्ने भएको छ । कवि योगेन्द्र खत्रीले यस सम्मानका लागि कोषको व्यवस्था गर्नुभएको हो । सम्मान यही चैत महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । ‘वनिता’ को सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार सम्पादक लक्ष्मी उप्रेतीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

लालबहादुर भुजेललाई अनुसन्धान सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले ठाडोभाका लोकगायनका विषयमा गर्नुभएको अनुसन्धानका लागि अनुसन्धाता लालबहादुर भुजेल (लमजुङ) लाई ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान, २०८२’ समर्पण गर्ने भएको छ । शिक्षासेवी राजेन्द्र विरहीले आफ्ना पिताको स्मृति र सम्मानमा यस सम्मानका लागि कोषको व्यवस्था गर्नुभएको हो । सम्मान यही चैत महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार अनुसन्धाता लालबहादुर भुजेलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।