Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसंस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत

संस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई वासु शशी स्मृति परिषद्ले हिजो पुरस्कृत गरेको छ । उहाँलाई २५ हजार रुपियाँसहित कृष्ण–सरस्वती साहित्य पुरस्कार, २०८२ द्वारा पुरस्कृत गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्ष कमलादी काठमाडौँमा आयोजित समारोहमा उहाँलाई विशेष अतिथि यादव खरेलले रकम, माला र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत भएपछि मन्तव्य व्यक्त गर्ने क्रममा हरि मञ्जुश्रीले आफू कृष्ण जोशीको जिल्लामा जन्मेको, वासु शशीको जिल्लामा आएर शिक्षा र क्षमता प्राप्त गरेको र यादव खरेलको जिल्लामा पु्गेर त्यसको उपयोग गरेको हुनाले यो पुरस्कार आफ्ना लागि विशेष रहेको बताउनुभएको थियो ।