प्रा. सुवास केसीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा १ सय ८४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित Impressions and Expressions नामक पुस्तक सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनले आज २०७९ साल भदौ १८ गते शनिबार आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक डा. पुष्पलाल हुमागाईं र डा. पद्मा अर्यालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।