प्रा. डा. उषा ठाकुरलाई समालोचना सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान’ समालोचक प्रा. डा. उषा ठाकुर (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । लामो समयसम्म प्राध्यापन गर्ने क्रममा उहाँले नेपाली र हिन्दी…
डा. दुर्गाबहादुर घर्तीलाई अनुसन्धान सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ अनुसन्धाता डा. दुर्गाबहादुर घर्ती (सुर्खेत) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका उहाँका अनुसन्धानात्मक कृतिहरू पौने…
डा. कान्ता भट्टराईलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ विदुषी डा. कान्ता भट्टराई (खोटाङ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ आध्यात्मिक क्षेत्रकी विदुषी तथा प्रवाचिका हुनुहुन्छ । नेपाली समाजमा नैतिक…
नरनाथ लुइटेललाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान’ हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल (भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ ‘सिस्नुपानी नेपाल’ नामक संस्थाका संस्थापकमध्येका एक तथा हास्यव्यङ्ग्य पत्रिका ‘फित्कौली…
शब्दयात्रा प्रकाशनमा विद्यार्थीहरूको शैक्षिक भ्रमण
काभ्रेपलाञ्चोक जिल्लाको श्रीखण्डपुरस्थित श्रीखण्डपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक भ्रमण गर्ने क्रममा आज शब्दयात्रा प्रकाशनको भ्रमण गरे र विभिन्न संरचनाहरूको अवलोकन गरे । उनीहरूका साथमा पाँचजना शिक्षकहरू पनि आउनुभएको थियो । विद्यार्थीहरूले त्यहाँका सालिकहरूका विषयमा जिज्ञासा राखे । कस्ता मान्छेको सालिक राखिन्छ, यहाँ सालिक राखिएका मान्छेहरू…
भजनमा आधुनिकीकरण सम्बन्धी विचारगोष्ठी
भक्तपुरमा हिजो फागुन ७ गते ‘भजनको लेखन, सङ्गीत तथा गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठीको आयोजना गरियो । कार्यक्रमका आयोजक कला–संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी हुनुहुन्थ्यो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई भजनलेखक, सङ्गीतकार र गायकका रूपमा प्रमुख वक्ता बनाइएको थियो…
आरती समाजलाई शब्दयात्रा प्रकाशनबाट आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले काठमाडौँ शङ्खमूलको त्रिवेणी गङ्गा आरती समाजलाई ११ हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य पूर्वप्रशासक तथा कवि चन्द्रबहादुर खड्काले आरती समाजका लागि उपसंयोजक भोगेन्द्र शर्मालाई प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य…
विवाहको स्वर्णमहोत्सवमा ‘मेनका’ सार्वजनिक
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि अच्युत अधिकारी र रुक्मिणी अधिकारीको वैवाहिक स्वर्णमहोत्सव शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो काठमाडौँमा भव्य रूपमा मनाइयो । त्यस बखत कवि अच्युत अधिकारीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा २४३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘मेनका’ नामक कवितासङ्ग्रहको सार्वजनिकीकरण गरियो । शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन…
डा. तीर्थबहादुर श्रेष्ठमा पुरस्कार समर्पण
शब्दयात्रा प्रकाशनको टोलीले आज वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको घरैमा पुगेर ‘शब्दयात्रा टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा उहाँ शारीरिक अस्वस्थताका कारणले उपस्थित हुन सक्नुभएको थिएन । पुरस्कार समर्पण गर्न उहाँको निवासमा…
जयनारायण नेपालबाट आर्थिक सहयोग
पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले शब्दयात्रा प्रकाशनलाई २ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार पूर्वप्रशासक तथा कवि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ…