शब्दयात्रा प्रकाशनलाई ‘नवक्षितिज साप्ताहिक’ ले रजतवर्ष समापन समारोहमा आज वैशाख १४ गते ‘नवक्षितिज रजत सम्मान’ प्रदान गरेको छ । कला, साहित्य, पत्रकारिता तथा प्रकाशन क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर योगदान पु¥याउँदै भाषा, साहित्य र विचारको समृद्धिमा अमूल्य भूमिका निर्वाह गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको बेहोरा सम्मानपत्रमा उल्लेख छ । शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य अमृत अधिकारीले सम्मानपत्र ग्रहण गर्नुभएको छ । सम्मान गरेकोमा नवक्षितिज साप्ताहिक परिवारलाई शब्दयात्रा प्रकाशन धन्यवाद ज्ञापन गर्दछ ।
