लेखक दामोदर घिमिरेले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा दुर्गादेवी–मेदनीप्रसाद घिमिरे पुरस्कार, २०८२’ खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका वडा नं. ४ दिब्दी निवासी उद्यमी एन्जिला तामाङमा समर्पण गरिएको छ । पुरस्कारको राशी ५ हजार ५ सय रुपियाँ छ । आफ्नै गाउँमा २०७१ सालदेखि ढाका कपडा उद्योग खोली सञ्चालन गर्नुका साथै विभिन्न व्यक्तिलाई सीपमूलक तालिम दिई रोजगार बन्न सघाउनुभएको र कुखुरापालन व्यवसाय पनि गरेर प्रेरणादायी उद्यमी महिला बन्न सफल बन्नुभएकोेमा उहाँमा यो पुरस्कार समर्पण गरिएको हो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा उहाँका तर्फबाट उपस्थित केशरमाया तामाङलाई हरि मञ्जुश्रीले रुद्राक्षमाला र उपहार, कोष व्यवस्थापक दामोदर घिमिरेले पुरस्कारको राशी र डा. कुलप्रसाद कोइरालाले पुरस्कारको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
