Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesमतिपुराण सार्वजनिक

मतिपुराण सार्वजनिक

अग्रज पत्रकार तथा साहित्यकार बलदेव थापाले लेख्नुभएको हास्यव्यङ्ग्यसङ्ग्रह ‘मतिपुराण’ सार्वजनिक गरिएको छ । उहाँका छोरा उद्धव थापा र बुहारी सिर्जना थापाले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा आफ्नो पुस्तकका बारेमा लेखक बलदेव थापाले जानकारी दिनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । शब्दयात्रा प्रकाशनको २७२ औँ प्रकाशन रहेको ‘मतिपुराण’ बलदेव थापाद्वारा लिखित तेस्रो कृति हो । यसअघि उहाँका ‘बा’ को वाम’ (एतिहासिक परिचय) र ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) प्रकाशित थिए । ‘मतिपुराण’ मा १०८ वटा हास्यव्यङ्ग्यात्मक निबन्धहरू छन् । संवाद शैलीमा लेखिएको यो सङ्ग्रह २६४ पृष्ठको छ र मूल्य ५०० रुपियाँ राखिएको छ । पुस्तकमा सुप्रसिद्ध हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडेको मन्तव्य रहेको छ । यो पुस्तक www.sypublication.com.np/baldevthapa टाइप गरेपछि अनलाइनमा पनि पढ्न पाइन्छ ।