शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ नामक पुस्तक हुतात्मा दिवसको अवसर पारी यही माघ १६ गते आयोजना गरिने कार्यक्रममा सार्वजनिक गर्ने भएको छ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे शुरु हुनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो २६६ औँ पुस्तक हो । पुस्तक करिब २०० पृष्ठको छ । यस पुस्तकमा शब्दयात्रा प्रकाशनको १४ वर्षसम्मका सम्पूर्ण गतिविधि समेटिएको छ ।
‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ सार्वजनिक गरिने