Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
HomeActivitiesडा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने

डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको छ । लामो समयसम्म प्राध्यापन गरेर निवृत्त हुनुभएका उहाँले स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ । निरन्तर वाङ्मयिक साधना गरिरहनुभएका उहाँजस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन डा. शैलेन्दुप्रकाश नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।