Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesआरती समाजलाई शब्दयात्रा प्रकाशनबाट आर्थिक सहयोग

आरती समाजलाई शब्दयात्रा प्रकाशनबाट आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काठमाडौँ शङ्खमूलको त्रिवेणी गङ्गा आरती समाजलाई ११ हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य पूर्वप्रशासक तथा कवि चन्द्रबहादुर खड्काले आरती समाजका लागि उपसंयोजक भोगेन्द्र शर्मालाई प्रदान गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि अच्युत अधिकारीद्वारा लिखित ‘मेनका’ कवितासङ्ग्रहको सार्वजनिकीकरण समारोह कोटेश्वरको दोभान रेस्टुरेन्टमा हिजो फागुन ४ गते आयोजना गरिएको थियो । शब्दयात्रा प्रकाशनको आयोजनामा भएको उक्त समारोहमा उक्त पुस्तक श्रोता–दर्शकदीर्घामा रहनुभएका महानुभावहरूले स्वेच्छिक मूल्यमा खरिद गर्दा उठेको उक्त रकम आरती समाजलाई सहयोगस्वरूप प्रदान गरिएको हो । पुस्तकको मूल्य २ सय रुपियाँ राखिएको छ ।