Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहरि मञ्जुश्रीलाई अर्को सम्मान

हरि मञ्जुश्रीलाई अर्को सम्मान

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्रीलाई यही भदौ २२ गते शनिबार काठमाडौँ कमलपोखरीको सिटी सेन्टरमा आयोजित कार्यक्रममा सम्मान गरियो । विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानको गीत ‘बग्यो हावा सरर’ लाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँलाई सम्मानपत्र र विभिन्न उपहारहरू प्रदान गरिएको हो । उहाँलाई वर्ल्ड बुक अफ रेकर्डस् लन्डन नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल स्मार्ट सर्भिस इन लगायतका संस्थाहरूले सम्मान गरेका थिए । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।